झाँझ नदीमा निर्मित झोलुङ्गे पुलको उद्घाटन
बिहीबार, ०१ कात्तिक २०८१, ०८ : ०३
रौतहट । रौतहटको गरुडा नगरपालिका–५ महमदपुर स्थित झाँझ नदीमा निर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ। बुधबार एक समारोहका बिच गरुडाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले गरुडा र वृन्दावन नगरपालिकाको सिमानामा पर्ने उक्त झोलुङ्गे पुलको विधिवत उद्घाटन गरेका हुन्।
पुल सञ्चालनमा आउँदा दुवै पालिकाका हजारौं नागरिक लाभान्वित भएका छन्। झाँझ नदीको पुल सञ्चालन भएपछि दुवै पालिकाका बासिन्दा एवं किसानलाई आआफ्नो खेती किसानी गर्न निकै सहज हुने मेयर जैसवालले बताए ।
मधेस सरकार र नगरपालिकाको गरी कुल ५० लाखको लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको गरुडाका प्रमुख प्रशासकीय अधिकृत महमद मुस्ताख आलमले जानकारी दिए ।
कार्यक्रममा मेयर जैसवाल, प्रमुख प्रशासकिय अधिकृत आलम, गरुडा–५ का वडाअध्यक्ष राम विनोद जयसवाललगायतको सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
-
गोप्य रिपोर्टिङ बन्दपछि उड्डयन सुरक्षा प्रणाली झन् संवेदनशील
-
दक्षिणकालीमा पिकअप दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु
-
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण