रवि लामिछाने पक्राउको विरोधमा रास्वपा पर्साद्वारा विरोध प्रदर्शन
शनिबार, ०३ कात्तिक २०८१, १६ : ०७
वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले वीरगन्जमा ओली सरकारको विरोधमा प्रदर्शन गरेको छ । रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोधमा वीरगन्जमा प्रदर्शन गरिएको हो ।
‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धता, शान्तिपूर्ण र्याली’ को ब्यानरसहित जिल्ला संयोजक हरि पन्तको नेतृत्वमा निकालिएको जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।
पन्तले राजनीतिक प्रतिशोध साँधेर सरकारले सभापतिलाई पक्राउ गरेको भन्दै पार्टीले निः सर्त रिहाइको माग गरेको बताए ।
सहकारी ठगी प्रकरणमा शुक्रबार लामिछाने काठमाडौँमा पक्राउ परेका थिए भने हाल उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी
-
आर्थिक विधेयकमा कुन सांसदले के–के हाले संशोधन ?
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण