बैंकहरुले पूरा गरेनन् प्रतिबद्धता : २४३ ठाउँमा जाने भनेपनि ११६ ठाउँमा मात्र पुगे
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैशाख मसान्तसम्म आफूले प्रतिबद्धता जनाएको २४३ स्थानीय तहमा बाणिज्य बैंकलाई शाखा खोल्न निर्देशन दिएपनि १२७ स्थानीय तहमा बैंकले शाखा खोल्न सकेका छैनन् ।
राष्ट्र बैंकको निर्देशन अनुसार ११६ स्थानीय तहमा बैंक गएको छ । योसँगै बाणिज्य बैंकको शाखा भएको स्थानीय तहको संख्या ५ सय १० पुगेको छ ।
बैंकहरुले ती ११६ स्थानीय तहमा इन्टरनेट, यातायात, विद्युतको सुविधा नभएको भन्दै जान नसकेको बताएका छन् । केही स्थानीय तहमा भने जाने तयारीमा रहेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ७५३ वटा स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य लिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अद्र्धवार्षिक समिक्षामार्फत पनि बाणिज्य बैंकको शाखा विस्तारमा कडाईको नीति लिएको छ ।
सोही नीति मार्फत बैंकले कम्तीमा २ स्थानीय तहमा शाखा विस्तार गरेपछि मात्र काठमाडौं र ललितपुरमा शाखा खोल्न पाउने प्रावधान ल्याएको हो ।
त्यसपछि फेरी केन्द्रीय बैंकले सबै स्थानीय तहमा बैंक जान आनाकानी गरेपछि बैशाख मसान्तसम्म आफूले प्रतिबद्धता जनाएको २४३ स्थानीय तहमा बैंकको शाखा खोल्न कडाइका साथ निर्देशन दिएको थियो ।
यो समयमा ११६ वटा स्थानीय तहमा मात्र बैंक पुगेका छन् । योसहित अहिले बाणिज्य बैंक भएको स्थानीय तहको शाखा ५ सय १० पुगेको हो । अझै २४३ स्थानीय तह बैंकविहीन छ ।
राष्ट्र बैंकले हरेक वाणिज्य बैंकलाई कम्तिमा १६ स्थानीय तहमा जान निर्देशन दिएको थियो । चालु आवको बजेटले पनि प्रत्येक स्थानीय तहमा बाणिज्य बैंकको शाखा खोल्ने व्यवस्था गरेको छ ।
बजेट कार्यान्वयनकै लागि भएपनि प्रत्येक स्थानीय तहमा बाणिज्य बैंकको एउटा शाखा चाहिन्छ । बाणिज्य बैंकमा मात्र सरकारले सञ्चित खाता खोल्न पाउने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण