एनआरएनएको साधारण रोक्न माग गरिएको रिट ‘हेर्न नमिल्ने’
शुक्रबार, ०९ कात्तिक २०८१, १२ : ०३
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बद्री केसी पक्षले गर्न लागेको साधारण सभा रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट ‘हेर्न नमिल्ने’ भएको छ ।
गैरआवासीय नेपाली संघको सचिवालयलगायतलाई विपक्षी बनाएर आरके शर्मासहित ३ जनाले दायर गरेको रिटको पेसी न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासमा तोकिएकोमा हेर्न नमिल्ने भएको हो ।
सुवेदीसहितको संलग्नतामा यसअघि पनि सोही प्रकृतिको मुद्दाको फैसला भएकाले मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ ।
शर्माले अक्टोबर २७ देखि बद्री केसी पक्षले विवादका बिच साधारण सभा गर्न लागेकाले त्यसलाई रोक्न माग गर्दै बिहीबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण