जलवायु मुद्दामा नेपालले नेतृत्वदायी भूमिका खेलेको छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुको मुद्दामा नेपालले नेतृत्वदायी भूमिका खेलेको दाबी गरेका छन् । शनिवार वन तथा वातावरण मन्त्रालयले काठमाडौँमा गरेको जलवायु राष्ट्रिय सम्मेलनमा बोल्दै उनले
नेपाल जलवायुमा सबैभन्दा बढी असर पर्ने, क्षति हुने भूगोल भएकोले पनि नेतृत्वदायी भूमिका खेलेको बताए । जलवायु बिगार्ने अरू देश र सजाय पाउने आफूहरू भएको उनले उल्लेख गरे । यो वर्षको कोप १९ सम्मेलनमा सरकार प्रभावकारी ढङ्गले प्रस्तुत हुने पनि प्रधानमन्त्री ओलीले बताए ।
उनले अहिले जलवायु न्यायको विषय पनि उठेको बताउँदै यसबारे कार्यपत्र प्रस्तुत गर्ने न्यायाधीश सपना मल्ल प्रधानको प्रशंसा गरे । विश्वतापमा बढेका कारण हिउँ पग्निे समस्या रहेको बताउँदै नेपालका यी सबै विषयहरू आफूले अन्तर्राष्ट्रिय मञ्चमा पनि व्यक्त गरेको बताए ।
मधेस प्रदेशमा उत्तरतिर केही रुख भए पनि दक्षिणतिर लागेपछि बोटबिरुवा नै नभएको अवस्था रहेको बताए । त्यसका लागि वृक्षारोपण कार्यक्रम अघि बढाउन आवश्यक रहेको उल्लेख गरे । समुन्द्र र हिमालको सर्कलबाट नै जलवायु बन्ने र त्यसलाई सूर्यले सहयोग गर्ने बताए । समुन्द्रको हावा हिमालमा ठोक्किएर जलवायु बन्ने उनले बताए । ओलीले समुन्द्रमा भएको प्रदुर्षणका कारण त्यहाँको जलवास्पबाट बादल बनेर वर्षा हुँदा हिउँ पग्लने गरेको दाबी गरे ।
जलवायु परिवर्तनबाट सबैभन्दा बढी अल्पविकसित देशमा मानिसहरू प्रभावित भएको उल्लेख गर्दै पराल बाल्ने, बनको डढेलो लगायत वातावरण प्रदुर्षणबाट महिला, बालबालिका र जेष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरे ।
उनले भने– ‘मन्त्रालयका सचिवज्यूले हाम्रो हिमाल अहिले जस्तो छ त्यस्तै राख्ने भन्नुभयो, त्यस्तो हैन, जस्तो थियो त्यस्तै बनाउनुपर्छ । दिगो विकासका जुन लक्ष्यहरू तोकिएको थियो, त्यो उद्देश्य पूरा गर्न हामीले ७० प्रतिशत काम गर्न सकेका रहेछौँ । अलिकति खुसीको कुरा के हो भने विश्वका तुलनामा केही गरेन भनेको नेपालले टार्गेट पूरा गर्न ४८ प्रतिशत काम पूरा गरेका रहेछौँ ।’ उनले वातावरण प्रदुर्षण गर्ने देशहरूले नेपाललाई सहयोग गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण