कोही नयाँ आए महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्छु : बाबुराम भट्टराई
शनिबार, १० कात्तिक २०८१, २० : १८
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेतृत्व गर्न सक्ने कोही नयाँ आएको खण्डमा महाधिवेशनबाट आफूले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।
शनिबार सञ्चारकर्मीहरुसँग छलफलका क्रममा रातोपाटीले राखेको जिज्ञासामा उनले महाधिवेशनपछि पनि नेतृत्वमै रहिरहने चाहना आफूलाई नभएको बताए । तर, विकल्प तयार नहुँदासम्म भने छाडिहाल्न पनि नमिल्ने उनको भनाइ थियो ।
उनले पार्टीमा युवा सहभागिता बढाउने पोखरामा सम्पन्न विधान अधिवेशनले निर्णय गरेको उल्लेख गर्दै युवाको सहभागितामै वैकल्पिक राजनीति अघि बढाइने बताए । भट्टराईको पार्टीले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण