सर्लाहीबाट ७५ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद
आइतबार, ११ कात्तिक २०८१, २१ : १७
सर्लाही । सर्लाहीबाट प्रहरीले ७५ लाख भन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ । वीरगन्जबाट झापातर्फ जाँदै गरेको ना ३ ख ७८७३ नम्बरको कन्टेनरबाट प्रहरीले भन्सार छलीका भाडा वर्तनसहितका हार्डवेयरका सामानहरु बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए ।
प्रहरीले सर्लाहीको बागमती नगरपालिका वडा नम्बर–१२ बाट ७५ लाख ५२ हजार ७ सय मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो । कन्टेनरबाट प्रहरीले भाडा बर्तनसहित तयारी पोशाक, टिभी, हार्डवेयरका सामानहरु, पेन्ट, पाइपहरु बरामद भएको प्रहरी प्रवक्ता श्रेष्ठले जनाए ।
उनका अनुसार सबै बरामद सामानको आवश्यक कागजात नभेटिएपछि नियन्त्रणमा लिइएको हो । बरामद कन्टेनरसहित सबै सामान आवश्यक कारबाहीको लागि पथलैया राजश्व कार्यालयमा बुझाइएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसिया अन्तिम ३२ मा
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण