महोत्तरीमा जलाइएको अवस्थामा महिलाको शव फेला
वीरगन्ज । महोत्तरीमा सोमबार दिउँसो एक महिलाको शव फेला परेको छ । जिल्लाको पिपरा गाउँपालिका– ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको आँपको बगैँचा नजिकै रहेको डिलमा एक महिलाको शव फेला परेको हो ।
महोत्तरी प्रहरीका अनुसार अनुहार जलाइएको अवस्थामा अन्दाजी २५/२६ वर्षीय महिलाको शव फेला परेको हो । तर उनको पहिचान भन्ने अहिलेसम्म खुल्न नसकेको महोत्तरी प्रवक्ता सन्तुलाल जयसवारले जानकारी दिए ।
उनका अनुसार कालो लेगिज र हल्का पहेँलो रङ्गको कुर्थी लगाएकी महिलाको शव आँप बगैँचाको आलिमा भेटिएको छ ।
जलाएर हत्या गरेको हुनसक्ने महोत्तरी प्रहरीका प्रहरी नायब उपरीक्षक जयसवारको आंकलन छ । प्रहरीका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोही सूचनाको आधारमा महोत्तरी प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ ।
मृतकको पहिचान खुल्न नसकेपछि अनुसन्धानमा सहजताका लागि कुकुरको समेत परिचालन गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
यस्तै सो शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसिया अन्तिम ३२ मा
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण