उद्योगको विद्युत् काटेकोबारे निर्णय गर्न ऊर्जामन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा विद्युत् काटेकोबारे निर्णय गर्न ऊर्जामन्त्रीलाई निर्देशन दिएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री दीपक खड्काले उद्योगमा बिजुली काटिएकोबारे ब्रिफिङ गरेका थिए । ऊर्जामन्त्रीको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले यो विषय ऊर्जा मन्त्रालयको क्षेत्राधिकारमा पर्ने भन्दै उपयुक्त निर्णय गर्न भनेका हुन् ।
‘विद्युत् कटौतीको विषय ऊर्जा मन्त्रालयको हो । यो विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने होइन । त्यसैले ऊर्जामन्त्रीले नै उपयुक्त निर्णय गर्नुहोला’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक मन्त्रीले भने, ‘कुलमान हटाउने वा नहटाउने भन्नेबारे कुनै छलफल भएन र प्रशंग नै उठेन ।’
नेपाल विद्युत् प्राधिकरणले पाँच दिनअघि उपयोग गरेको बिजुलीको बक्यौता नतिरेको भन्दै ३४ उद्योगको लाइन काटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण