उद्योगको विद्युत् काटेकोबारे निर्णय गर्न ऊर्जामन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा विद्युत् काटेकोबारे निर्णय गर्न ऊर्जामन्त्रीलाई निर्देशन दिएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री दीपक खड्काले उद्योगमा बिजुली काटिएकोबारे ब्रिफिङ गरेका थिए । ऊर्जामन्त्रीको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले यो विषय ऊर्जा मन्त्रालयको क्षेत्राधिकारमा पर्ने भन्दै उपयुक्त निर्णय गर्न भनेका हुन् ।
‘विद्युत् कटौतीको विषय ऊर्जा मन्त्रालयको हो । यो विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने होइन । त्यसैले ऊर्जामन्त्रीले नै उपयुक्त निर्णय गर्नुहोला’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक मन्त्रीले भने, ‘कुलमान हटाउने वा नहटाउने भन्नेबारे कुनै छलफल भएन र प्रशंग नै उठेन ।’
नेपाल विद्युत् प्राधिकरणले पाँच दिनअघि उपयोग गरेको बिजुलीको बक्यौता नतिरेको भन्दै ३४ उद्योगको लाइन काटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
-
सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशामा स्थानीय दंग
-
गृहमन्त्री लेखक र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
मन्त्रिपरिषद् बैठक : गभर्नरबारे प्रस्ताव नै गएन
-
एन्फाको साधारण सभामा भाग लिन गणेश थापालाई बाटो खुला
-
उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी