मौसम खुलेसँगै रविलाई पोखराबाट भैरहवा पठाइयो
पोखरा । मौसम खुलेसँगै रास्वपाका सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइएको छ । बुद्ध एयरको जहाजमार्फत मंगलबार मध्याह्न उनलाई पोखराबाट भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही पठाइएको हो ।
यसैबीच रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ । गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । लामिछानेको समर्थनमा रास्वपाले भैरहवामा प्रदर्शन थालिसकेको छ ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यसै विषयको बयानका लागि
लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो । कास्कीमा भने रविमाथि सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण