सिरहामा ११ सदस्यीय प्रजातान्त्रिक सेनानी सङ्घ गठन
मङ्गलबार, २७ कात्तिक २०८१, १४ : ०२
सिरहा । सिरहामा ११ सदस्यीय प्रजातान्त्रिक सेनानी सङ्घ गठन भएको छ । सोमबार यहाँ सम्पन्न भेलाले प्रजातन्त्र सेनानी रामकुमार यादवको सभापतित्वमा सङ्घ गठन गरेको हो ।
नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष सीतादेवी यादवको प्रमुख आतिथ्यमा भएको भेलाले सङ्घको उपसभापतिमा मागैन साह, सचिवमा गोपाल साह तथा सदस्यहरुमा रमेश गजुरेल, अशोक साह, ओमप्रकाश साह, मोहम्मख समसुदिन, मायादेव चौधरी, जुगेश्वर यादव, गोविन्द ढकाल र सीमा झा चयन गरेको छ ।
त्यस अवसरमा नेत्री यादवले व्यवस्था परिवर्तनमा प्रजातन्त्र सेनानीको अतुलनीय भूमिका रहेको बताउँदै उनीहरूको सम्मान नेपाली कांगे्रसका साथै राज्यले पनि गर्नुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण