प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न समितिको बैठक बोलाइयो
बिहीबार, २९ कात्तिक २०८१, ११ : ४६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको छ ।
मंसिर २ गते आइतबारका लागि प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको हो । उक्त बैठकमा प्रधानमन्त्रीको विदेश भ्रमणको विषयमा छलफल गर्नेगरी कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ पक्षसँग उठाउनुपर्ने एजेण्डासहितका समग्र विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओली डिसेम्बर पहिलो साता चीन भ्रमणमा जाने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण