विश्व माटो दिवसको अवसरमा टिकटक भिडियो प्रतियोगिता हुने

काठमाडौँ । विश्व माटो दिवसको अवसरमा टिकटक भिडियो प्रतियोगिता हुने भएको छ । माटो दिवसको अवसर पारेर आफ्नै मौलिकता झल्कने गरी माटोको महत्वलाई घर, खेत, बारी वा अन्य स्थानमा गई टिकटक बनाउन आग्रह गरिएको हो । नेपाल सरकार र फुड एग्रिकल्चर अर्गनाइजेशन (एफएओ) को संयुक्त सहकार्यमा सो प्रतियोगिता हुने भएको हो ।
‘माटो सुधार: परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ यो वर्ष विश्व माटो दिवस मनाइने भएको छ । सो नारामा आधारित रहेर बढीमा ४५ सेकेन्डको भिडियो बनाएर आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्नुपर्ने छ । सो भिडियो [email protected] मा पठाउनुपर्ने छ । यो भिडियो यही मङ्सिर १५ गतेभित्र पठाइसक्नु पर्ने जनाइएको छ ।
प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद, प्रमाणपत्र र उपहारहरू दिइने छ । डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
ठिमीमा जेसुम यात्रा : संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
भावी नेतृत्व जोडिएपछि सशस्त्रको एआईजी बढुवा पेचिलो