काठमाडौँ–१६ को वडाध्यक्षमा कांग्रेसका पाठक उम्मेदवार
आइतबार, ०२ मङ्सिर २०८१, ११ : ४०
काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने भएको छ । नेपाली कांग्रेस काठमाडौँका अध्यक्ष कृष्णसबुज बानियाँले पाठकलाई उम्मेदवार बनाउने निर्णय भएको बताए ।
‘पाठकजीलाई कामनपा १६ को वडाध्यक्ष उम्मेदवार बनाउने निर्णय भएको छ’, बानियाँले रातोपाटीसँग भने । पाठक सोही वडाको कांग्रेस सभापति समेत हुन् ।
मङ्सिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत एमालेले यो वडामा नेकपा एमालेले बाट लक्ष्मीरत्न तुलाधर, नेकपा (एकीकृत समाजवादी) बाट मीनबहादुर मानन्धर उम्मेदवार बनाउँदैछ । एकीकृत समाजवादीका मानन्धरलाई नेकपा (माओवादी केन्द्र) को समर्थन छ । काठमाडौँ १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ उम्मेदवार बनाउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण