विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसहित १६ जनाले गरे पार्टी परित्याग
चरिकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वैकल्पिक केन्द्रीय सदस्य अर्जुन योगीसहित १६ जनाले सो पार्टीबाट राजीनामा दिएका छन् । सो पार्टीको दोलखा जिल्ला सेक्रेटरी समेत रहेका योगीसहित १६ जनाले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।
पार्टीबाट राजीनामा दिनेमा सो दोलखाका पूर्व जिल्ला सेक्रेटरी एवम् केन्द्रीय प्रतिनिधि समिति सदस्य राजन धनुके, पूर्व जिल्ला सेक्रेटरी सिताराम उप्रेती, जिल्ला सचिवालय सदस्य नवीनकुमार नेपाली लगायत रहेका छन् ।
महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सम्बोधन जारी गरिएको संयुक्त विज्ञप्तिमा उनीहरुले विभिन्न कारणवस पार्टीमा बस्न नसकिएको बताउँदै आजैका मितिदेखि पार्टी परित्याग गरिएको घोषणा गरेका छन् ।
साथै उनीहरुले कम्युनिष्ट एकता, धुर्वीकरण र पुनरमिलनका लागि योगीको संयोजकत्वमा ५१ सदस्यीय समिति समेत गठन गरेका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन, आजका सबै सुनुवाइ स्थगित
-
सुरक्षा चुनौतीबिच पनि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन जारी
-
युक्रेनी आक्रमणका कारण इन्धन अभाव भएको पुटिनको स्वीकारोक्ति
-
नगर प्रहरीलाई कानुनले नदिएको अधिकार अदालतले दियो कि ?
-
आफ्नो कमजोरीको दोष शासकीय स्वरूपलाई नथोपरौँ, व्यवस्थामाथि धावा बोल्नु गलत : आङ्देम्बे
-
पश्चिम एसिया युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण