विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसहित १६ जनाले गरे पार्टी परित्याग

चरिकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वैकल्पिक केन्द्रीय सदस्य अर्जुन योगीसहित १६ जनाले सो पार्टीबाट राजीनामा दिएका छन् । सो पार्टीको दोलखा जिल्ला सेक्रेटरी समेत रहेका योगीसहित १६ जनाले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।
पार्टीबाट राजीनामा दिनेमा सो दोलखाका पूर्व जिल्ला सेक्रेटरी एवम् केन्द्रीय प्रतिनिधि समिति सदस्य राजन धनुके, पूर्व जिल्ला सेक्रेटरी सिताराम उप्रेती, जिल्ला सचिवालय सदस्य नवीनकुमार नेपाली लगायत रहेका छन् ।
महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सम्बोधन जारी गरिएको संयुक्त विज्ञप्तिमा उनीहरुले विभिन्न कारणवस पार्टीमा बस्न नसकिएको बताउँदै आजैका मितिदेखि पार्टी परित्याग गरिएको घोषणा गरेका छन् ।
साथै उनीहरुले कम्युनिष्ट एकता, धुर्वीकरण र पुनरमिलनका लागि योगीको संयोजकत्वमा ५१ सदस्यीय समिति समेत गठन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो
-
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’
-
बर्दिबासमा मोटरसाइकल चोरीको गिरोह पक्राउ