जनगायक खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस सम्पन्न
काठमाडौँ। वरिष्ठ जनगायक खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस जनसांस्कृतिक महासङ्घ नेपालले भव्यतापूर्वक मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले खुसीराम पाख्रिनको तस्बिरमा अबिरसहित माल्यार्पण गरे ।
प्रमुख अतिथि सापकोटाले खुसीराम पाख्रिन एक दार्शनिक भएको बताए । पाख्रिनको गीत लेखन, कविता लेखन, संस्मरण लेखन, ओपेरा लेखन तथा निर्देशनमा व्यक्त विचार र भावना नेपाली क्रान्तिका लागि मार्ग निर्देशन थिए । गाउँघरमा विहे हुँदा कसार बनाउने नेपाली चलन छ कसारको गुदी र बोक्रा भन्ने हुँदैन । समग्र गुदी नै कसार हो पाख्रिनका रचना र सिर्जना त्यही गुदी हुन् भन्ने कुरामा जोड दिए ।
कार्यक्रमका विशेष अतिथि पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले वरिष्ठ जनगायक खुसीराम पाख्रिनका गीतमा नृत्य गर्दा आफूहरूलाई तत्कालीन शाहीसेनाको फौजले पक्राउ गरेको स्मरण गर्दै तत्कालीन सत्तालाई हल्लाउन सक्ने तागत पाख्रिनका गीतमा रहेको चर्चा गरे । उनले पुर्याएको योगदानलाई थप उजागार गर्न जोड दिए । साङ्गीतिक क्षेत्रलाई उत्पादनसँग जोडेर निर्माण, समृद्धि र समाजवादमा पुग्नलाई सांस्कृतिककर्मीको विशेष योगदान रहने बताए ।
कार्यक्रममा जनसांस्कृतिक महासङ्घका इन्चार्ज, पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले खुसीराम पाख्रिन सांस्कृतिक क्षेत्रका एक धरोहर भएको बताउँदै उनले नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलन सङ्गीत र कलाको क्षेत्रबाट विशिष्ट योगदान पुर्याएको बताए । उनका रचनाहरू सर्वहारा गरिब वर्गका पिँधमा पुगेर अनुभूति गरिएका परिवर्तनगामी चेतनाले भरिएका उनको भनाइ थियो ।
कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य तथा जनकलाकार माइला लामाले खुसीराम पाख्रिन पञ्चायतकालदेखि गणतन्त्रसम्म निरन्तर क्रान्ति र समाजवादी संस्कृतिको सुन्दर बाटोमा हिँडेका सच्चा सांस्कृतिक योद्धा भएको बताए ।उनले पाख्रिनको गीत लेखन र साङ्गीतिक क्षेत्र जस्तो सरल थियो जीवन पनि त्यस्तै सरल थियो भन्दै जनयुद्धकालीन सहयात्राका बारेमा स्मरण गरेका थिए ।
कार्यक्रममा वरिष्ठ जनगायक खुसीराम पाख्रिन रचित ‘लाल झुपडीका मान्छेहरू’ र ‘जित्नै पर्छ यो अन्तिम लडाइँ तिमीले लडेर’ जस्ता बोलका जनगीतहरू प्रस्तुत गरिएको थियो । २०७४ सालमा कीर्तिशेष भएका वरिष्ठ जनगायक खुसीराम पाख्रिनको जन्म २००९ सालमा गोरखामा भएको थियो ।
उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए भने जनयुद्धकालमा भारतको प्रवासमा रही अखिल भारत नेपाली एकता समाजलाई क्रियाशील बनाउँदै सङ्गठन निर्माणमा उल्लेखनीय योगदान पुर्याएका थिए । पाख्रिन जनसांस्कृतिक महासङ्घ नेपाललगायतका सांस्कृतिक सङ्घ संस्थामा समेत आबद्ध रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण