कर्मचारीविहीन भएपछि वडा अध्यक्षले लगाए वडा कार्यालयमा ताला
सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ का वडाध्यक्ष इन्द्र चौलागाईंले आफ्नै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । उनले आइतबार तालाबन्दी गरेको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका हुन् ।
उनले भनेका छन्, ‘कर्मचारी नहुञ्जेलसम्मका लागि यो कार्यालय बन्द भएको जानकारी गर्दछु । जम्बुकाँध नगरपालिकामा जानुहोला ।’ जम्बुकाँध नगरपालिकाको कार्यालय हो ।
चौलगाईँले वडा कार्यालयमा एक जना पनि कर्मचारी नभएकाले आफैँले तालाबन्दी गरिदिएको रातोपाटीलाई बताए । ‘मैले आफ्नै वडा कार्यालयमा ताला लगाइदिए,’ उनले भने, ‘६७ दिन भयो कर्मचारी कोही आएनन् ।’
उनका अनुसार वडा कार्यालयहरू करार कर्मचारीका भरमा चल्दै आएका छन् । नगरपालिकाले आन्तरिक स्रोतले तलबभत्ता खुवाउन नसक्ने भन्दै दुई महिनाअघि सम्पूर्ण करार सेवाका कर्मचारीलाई हटाइदिएको थियो । त्यसयता वडा कार्यालय कर्मचारीविहीन भएका छन् । आफ्नो वडामा एउटा कार्यालय सहयोगी मात्रै रहेको र ती कार्यालय सहयोगी पनि बिरामी परेको भन्दै नआएको वडाध्यक्ष चौलागाईँले बताए ।
‘अब कर्मचारी नभएपछि मैले त वडा कार्यालय चलाउन सक्दिन हो,’उनले भने,‘नागरिकहरू सेवा माग्न आइरहन्छन्, कर्मचारी नभएपछि मैले के गर्नु ।’ नगरपालिकासँग कर्मचारी पठाइदिन पटक–पटक आग्रह गर्दा पनि नपठाएको उनको गुनासो छ । अबपनि कर्मचारी नपठाए नगरपालिकामा गएर आन्दोलन गर्ने उनले चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण