सहकारी ठगी प्रकरण
रवि लामिछानेलाई साढे ५ बजे काठमाडौँ ल्याइने
बिहीबार, १३ मङ्सिर २०८१, १६ : ४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बिहीबार काठमाडौँ ल्याइने भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौँ ल्याउन लागिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई अहिले ५ः३० बजेको उडानमार्फत काठमाडौँ ल्याउन लागिएको उनका सहयोगी दीपक बोहोराले जनाएका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा अनुसन्धानका क्रममा उनी कास्की प्रहरीको हिरासतमा छन् । गत कात्तिक २ गते काठमाडौँस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनका विषयमा बयान लिन यसअघि बुटवल लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
-
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट
-
होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समिति अध्यक्षमा रामसुन्दर बके मनोनीत
-
ट्रम्पलाई ठुलो झट्का : यौन दुर्व्यवहार मुद्दा उल्ट्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार
-
हल गोरु पाल्ने एकसय १५ कृषकलाई प्रोत्साहन रकम प्रदान
-
पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण