कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना
बिहीबार, १३ मङ्सिर २०८१, २० : ४९
धनकुटा । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्य मन्त्री सृजना राईको सवारी सवारी बिहीबार साँझ धनकुटाको पाख्रीवास मार्गमा दुर्घटना भएको छ । प्रदेश नम्बर १–०४–००१ झ १००३२ नम्बरको स्कार्पियो गाडीका दुई चक्का नालामा पसेपछि दुर्घटना भएको हो ।
दुर्घटनामा परेकी राज्यमन्त्री राई लगायत सवारीमा सवार कसैलाई केही क्षति नभएको प्रहरीले जनाएको छ । दुर्घटना पछि राज्यमन्त्री राईलाई धनकुटासम्म प्रहरीको गाडीमा ल्याएको र त्यसपछि जिल्ला समन्वय समिति धनकुटाको सवारीमा विराटनगरतर्फ प्रस्थान गरेको धनकुटा प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पाख्रीवासको टोली घटनास्थलमा पुगी गाडी निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण