शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय
तस्बिरमा एनपीएलको रोमाञ्च : गप्टिलको शानदार ब्याटिङ, जनकपुरको उत्कृष्ट बलिङ
नेपाल प्रिमियर लिग क्रिकेट

तस्बिरमा एनपीएलको रोमाञ्च : गप्टिलको शानदार ब्याटिङ, जनकपुरको उत्कृष्ट बलिङ

शनिबार, १५ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन त्रिभुवन विश्वविद्यालयस्ठित क्रिकेट मैदानमा जारी रहेको छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले जनकपुर बोल्ट्ससामु जितका लागि १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनाएको हो । टोलीका लागि अनुभवी ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाए । उनले ४३ बलमा ५५ रनको इनिङ्स खेले । यस क्रममा उनले ७ चौका र एक छक्का हिर्काए । अकिब इलियासले १८ बलमा १५ रनको योगदान दिए । 

अन्य ब्याटरले भने ठुलो योगदान दिन सकेनन् । बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले ७–७ रन जोडे ।

जनकपुरका लागि ललित राजवंशीले शानदार बलिङ गर्दै ३ विकेट लिए । ४ ओभरमा उनले मात्र २८ रन खर्चिए । त्यस्तै, हर्ष थाकेरले २ विकेट हात पारे । ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए । 

किशोर महतोले २ विकेट लिए भने बेन माइक र मोहम्मद मोहसिनले १–१ विकेट लिए । हेरौँ तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया