रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल
आइतबार, २४ जेठ २०८३, ०९ : १५
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार ढकाल पुनः चयन भएका छन् ।
तेह्र सदस्यीय कार्यसमितिमा सचिवबाहेक सबै सर्वसम्मतिमा चुनिएका हुन् । अधिवेशनले उपसभापतिमा पुण्यमाता घिमिरे, सहसचिवमा प्रकाश तिमल्सिना तथा सदस्यहरुमा नवरान बोलखे, सरिता केसी, सुशीला खत्री, साजन श्रेष्ठ, विकास तोलाङ्गे नगेन्द्र डोटेल, जेनकुमार लामा, ताराबहादुर कुँवर र ङेमा लामालाई चयन गरेको छ ।
सचिवमा गुणनिधि सापकोटा निर्वाचित भए । निर्वाचित जिल्ला सभापतिमा फेरि चुनिएका ढकालले अविचलित रुपमा पार्टीलाई क्रियाशील तुल्याउने प्रतिबद्धता व्यक्त गरे ।
पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले शनिबार अधिवेशन उद्घाटन गर्दै जनहितमा लाग्न कार्यकर्तालाई अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण