ग्रामथान उपनिर्वाचन : सवारीसाधन आवतजावतमा रोक
मोरङ । मङ्सिर १६ गते हुन गइरहेको मोरङ जिल्लास्थित ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले सवारीसाधन आवतजावतमा रोक लगाएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि यो निर्णय गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी सूचनामा मङ्सिर १५ गते राति १२:०० बजेदेखि मङ्सिर १६ गते मतदान कार्य सम्पन्न नभएसम्म जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मोरङ जिल्लाको ग्रामथान गाउँपालिकाको सबै स्थान र पालिका छिर्ने निम्न स्थानबाट सबै किसिमका सवारी साधनलाई (अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधन बाहेक) ग्रामथान गाउँपालिका क्षेत्रतर्फ प्रवेश गर्न रोक लगाइएको उल्लेख छ । यो सूचनाको परिपालना नगरेमा सवारी साधन नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही हुने जानकारी गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण