नागरिकले सुधारको महसुस गर्ने गरी काम गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन मन्त्रालय मातहतका कर्मचारीहरूलाई निर्देशन दिएकी छन्।
आइतबार मन्त्रालय अन्तर्गत उच्च व्यवस्थापन समूहको बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले प्रधानमन्त्रीले खोजेको रूपान्तरणको योजनालाई हर हमेसा ख्याल गर्दै कार्य सम्पादनको स्तर नागरिकप्रतिको उत्तरदायित्व महसुस गरी सुधार गर्नुपर्ने उल्लेख गरिन।
मन्त्री भट्टराईले कार्ययोजना कार्यान्वयनको कार्यविधि र प्रारूपमा जानुपर्नेमा जोड दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र संघीय सामान्य प्रशासन मन्त्रालय लगायतका मन्त्रालय मातहतका निकायसँग निरन्तर संवाद सहित अन्तरनिकाय समन्वयमा काम गर्न आग्रह गरिन।
समन्वय र सहकार्यको अभावमा कार्य सम्पादन उत्कृष्ट र गुणस्तरीय नहुने हुँदा समन्वय, सहकार्य र सहअस्तित्व प्राथमिकतामा रहनुपर्ने धारणा व्यक्त गरिन।
बैठकमा मन्त्रालयका सचिवहरू सहित, महाशाखा प्रमुखहरू, विभागीय प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु