नागरिकले सुधारको महसुस गर्ने गरी काम गर्न शिक्षामन्त्रीको निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन मन्त्रालय मातहतका कर्मचारीहरूलाई निर्देशन दिएकी छन्।
आइतबार मन्त्रालय अन्तर्गत उच्च व्यवस्थापन समूहको बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले प्रधानमन्त्रीले खोजेको रूपान्तरणको योजनालाई हर हमेसा ख्याल गर्दै कार्य सम्पादनको स्तर नागरिकप्रतिको उत्तरदायित्व महसुस गरी सुधार गर्नुपर्ने उल्लेख गरिन।
मन्त्री भट्टराईले कार्ययोजना कार्यान्वयनको कार्यविधि र प्रारूपमा जानुपर्नेमा जोड दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र संघीय सामान्य प्रशासन मन्त्रालय लगायतका मन्त्रालय मातहतका निकायसँग निरन्तर संवाद सहित अन्तरनिकाय समन्वयमा काम गर्न आग्रह गरिन।
समन्वय र सहकार्यको अभावमा कार्य सम्पादन उत्कृष्ट र गुणस्तरीय नहुने हुँदा समन्वय, सहकार्य र सहअस्तित्व प्राथमिकतामा रहनुपर्ने धारणा व्यक्त गरिन।
बैठकमा मन्त्रालयका सचिवहरू सहित, महाशाखा प्रमुखहरू, विभागीय प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण