रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू पार्टीको जिल्ला अधिवेशनमा सहभागी हुन उपत्यकाबाहिर गएपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।
- शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको जानकारी समिति सभापति हरि ढकालले दिएका छन् ।
- बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयनको प्रगतिबारे छलफल, उपसमिति गठन र कार्यविधि निर्माण गर्ने कार्यसूची थियो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू पार्टीको जिल्ला अधिवेशनमा गएपछि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।
शुक्रबार दिउँसो १ बजे बैठक बस्ने तय भएको बैठक स्थगित गरिएको समिति सभापति हरि ढकालले जानकारी दिए । उनले रास्वपाका समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू जिल्ला अधिवेशनका लागि उपत्यकाबाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिए ।
‘रास्वपाका प्राय: माननीयहरू पार्टीको जिल्ला अधिवेशनका लागि बाहिर हुनुहुन्छ । त्यही भएर बैठक स्थगित गर्यौँ,’ सभापति ढकालले रातोपाटीसँग भने ।
बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयनको प्रगतिबारे जानकारी सम्बन्धमा छलफल गर्ने, समिति अन्तर्गत उपसमिति गठन गर्ने तथा समितिको बैठक सञ्चालन कार्यविधि बनाउने कार्यसूची राखिएको थियो ।
समितिले समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति र समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवम् निकायहरूको कामकारबाही अध्ययन एवम् निगरानी उपसमिति गठन गर्ने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण