फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
सारांश
- पोल्यान्डकी २४ वर्षीया माजा च्वालिन्स्काले फ्रेन्च ओपन महिला एकलको फाइनलमा स्थान बनाएकी छन् ।
- उनी ओपन युगमा ग्रान्ड स्लाम फाइनल पुग्ने दोस्रो क्वालिफायर खेलाडी बनेकी छन् ।
- च्वालिन्स्काले फाइनलमा १९ वर्षीया रुसी खेलाडी मिर्रा आन्द्रेएभाको सामना गर्नेछिन् ।
काठमाडौँ । पोल्यान्डकी २४ वर्षीया टेनिस खेलाडी माजा च्वालिन्स्काले फ्रेन्च ओपनमा सनसनीपूर्ण प्रदर्शन गर्दै महिला एकलतर्फको फाइनलमा स्थान बनाएकी छन् । बिहीबार भएको सेमिफाइनलमा उनले रुसकी डियाना स्नाइडरलाई ७–६ (४), ६–४ ले पराजित गरिन् ।
यस जितसँगै च्वालिन्स्का ओपन युग (सन् १९६८ यता) मा ग्रान्ड स्लाम एकल फाइनल पुग्ने दोस्रो क्वालिफायर खेलाडी बनेकी छन् । यस अघि २०२१ को युएस ओपनमा इमा राडुकानुले क्वालिफायर चरण पार गर्दै छनोट भएर फाइनलसम्म पुग्ने एक मात्र ग्राण्डस्लाम खेलाडी थिइन् ।
च्वालिन्स्काले पनि मुख्य प्रतियोगितामा प्रवेश गर्नुअघि तीन चरणको छनोट पार गरेकी थिइन् । अब शनिवार हुने फाइनलमा उनको सामना १९ वर्षीया रुसी खेलाडी मिर्रा आन्द्रेएभासँग हुनेछ । आन्द्रेएभाले सेमिफाइनलमा युक्रेनकी मार्टा कोस्त्युकलाई ६–१, ६–३ ले हराएकी थिइन् ।
विश्व वरीयतामा ११४औँ स्थानमा रहेकी च्वालिन्स्काले प्रतियोगिता जितेमा उनको वरीयता १४औँ स्थानसम्म उक्लिनेछ । उनले प्रतियोगिताभर केवल एक सेट मात्र गुमाएकी छन् र मुख्य ड्रमा चार शीर्ष–५० खेलाडीलाई पराजित गरिसकेकी छन् ।
ऐतिहासिक उपलब्धिपछि भावुक बनेकी च्वालिन्स्काले भनिन्- ‘यो सपना जस्तै लागिरहेको छ । अहिले के भइरहेको छ भन्ने नै विश्वास गर्न सकिरहेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण