कांग्रेसमा किचलो : कोशीमा पठायो केन्द्रले सर्कुलर
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षले गर्ने भनिएको सभापतिहरूको भेलाको कुनै कार्यक्रम नरहेको भन्दै केन्द्रले सर्कुलर गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेशका सबै जिल्लाका सभापतिहरुलाई सर्कुलर गर्दै मंसिर २२ गते आधिकारिक प्रदेशको सम्मेलन हुने जनाएका हुन् ।
कांग्रेस प्रदेश समितिका सभापति संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौला निकट उद्धव थापा छन् । थापा नेतृत्वको प्रदेश समितिले मंसिर २२ गते पहिलो सम्मेलन गर्ने तय गरेको थियो । त्यसअगाडि शेखर पक्षले भने मंसिर १८ र १९ गते प्रदेश राजधानी विराटनगरमै सभापतिहरूको भेला राखेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । यस्तो अवस्थामा केन्द्रले सर्कुलर पठाएको हो ।
केन्द्रीय कार्यालयले गरेको सर्कुलरमा ‘मंसिर २२ मा हुने सम्मेलन पूर्व प्रदेशस्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी गराइन्छ’ भन्ने उल्लेख छ । कोइराला पक्षले सभापति भेलाको आयोजक भने मोरङका १७ वटै स्थानीय पालिका कमिटी रहेको जनाएको थियो । मंसिर २२ गते हुने प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र अन्य पदाधिकारीहरू सहभागी हुने जनाइएको छ भने कोइराला पक्षले गर्ने भनेको भेलामा डाक्टर शेखर कोइराला प्रमुख अतिथि हुने प्रचार गरिएको थियो ।
मंसिर २२ को प्रदेश सम्मेलनमा प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ । बन्दसत्रमा ६४८ जना प्रतिनिधिहरू सहभागी हुने र सोही सत्रले कांग्रेस कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्ने तयारी छ ।
कोइराला पक्षले आयोजना गर्न लागेको पालिका सभापतिहरूको भेलाको संयोजन गरिरहेका कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले भने पार्टीकै विधानमाथि छलफल गर्न भेला आयोजना गर्न लागेको बताएका थिए । चापागाईँले भने आफूहरूले कुनै समूहको नभएर काँग्रेसका १३७ पालिकाका सभापतिको भेला गर्न लागेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
-
समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त
-
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
-
अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
-
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण