बढ्यो जाडो, कस्तो रहला मौसम ?
बुधबार, १९ मङ्सिर २०८१, ०५ : १४
काठमाडौं । पश्चिमी वायुको प्रभाव कायमै रहेकाले कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य क्षेत्रको मौसम बुधबार मुख्यतया सफा रहने छ ।
राती कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेपनि अन्य भागको मौसम मुख्यतया सफा रहने जनाइएको छ । अहिले पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । र, उनीहरुका अनुसार पछिल्लो केही दिन यता जाडो बढेको छ ।
२४ घण्टाको अन्तरालमा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहण क्षेत्रमा आंशिक असर पर्नसक्ने बताइएको छ । जसका लागि आवश्यक सतर्कता अपनाउन मौसमविदहरुले सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण