एमाले सांसद चौधरीले हैकम जमाएको भन्दै २१३ जनाद्वारा पार्टी परित्याग
विराटनगर । मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा स्थानीय वडा पार्टीलाई बेवास्ता गरेको भन्दै सुनसरी गढी ६ नम्बर वडाका २३१ जना एमाले कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
उक्त वडाका एमाले अध्यक्ष चितनारायण खेवारले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । ‘सांसद भगवती चौधरीको हैकमवादी तथा सामन्ती दासत्व प्रवृति स्वीकार्न असमर्थ छौँ भन्ने ठहर गर्दै म पार्टी वडा कमिटी अध्यक्ष लगायत वडा कमिटीका कमरेडहरु, टोल कमिटीका कमरेडहरु लगायत पार्टी संगठित सदस्यहरू सहित २१३ जनाले पार्टी परित्याग गरेको घोषणा गर्दछौँ’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा स्थानीय पार्टी वडा कमिटीलाई पाखा लगाउँदै निर्वाचनमा सहभागी हुने कार्य गरिएको र पार्टीको उम्मेदवारलाई विजय गराउनका निम्ति जिम्मेवारी तोकिएका जिम्मेवार व्यक्तिहरू नै चुनावमा नखटेको आरोप लगाइएको छ ।
यस्तै प्रदेश सांसद रामदेव यादवले नेपाली काँग्रेसका तप्पन दास संगको आर्थिक लेनदेनको हल्ला हातीमुडामा चल्नु र पालीका उपाध्यक्ष अनिता साहले जातीको आधारमा काँग्रेसका उमेदवारको पक्षमा भोट माग्दै हिँड्नु नै एमाले पराजयको मुख्य कारण रहेको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै पार्टीको वडा कमिटीले यस क्षेत्रको सांसद भगवती चौधरीको हैकमवादी तथा सामन्ती दासत्व प्रवृति स्वीकार्न असमर्थ रहेको कारणले पार्टी परित्याग गर्नुपरेको उल्लेख छ । गत १६ मंसिरमा सम्पन्न उपनिर्वाचनमा गढी गाउँपालिका–६ नं. वडाको निर्वाचनमा एमालेबाट सन्तु उराँव उम्मेदवार तपन दास विजयी बनेका थिए ।
एमालेले भने सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य तथा केन्द्रिय समिति सदस्य कमरेड भगबती चौधरीलाई निर्वाचन परिचालन मूल समितिको संयोजक तोकेको थियो भने सुनसरी ३ ‘ख’ का प्रदेश सभा सदस्य रामदेव यादवलाई सहसंयोजक तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन न्याय तथा मानवअधिकार समितिमा देउवा
-
रवि लामिछानेमाथि थुनछेक बहस सुरु
-
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने
-
पशुपति विकास कोष र ट्रान्सफर्मरको दुई ठुला भ्रष्टाचार मुद्दा पेसीमा
-
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन
-
दुई जिल्लाले धानेको सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र