चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
शनिबार, २२ मङ्सिर २०८१, १८ : ००

झापा । चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१० बस्ने २८ वर्षीय दुखु मिया र २१ वर्षीय तेजराज विष्ट रहेका छन् ।
मेचीनगर नगरपालिका-१० स्थित भैरव स्टोरबाट गत मंसिर १९ गते राति करिब ३ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडाहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चोरीका सामानहरू सहित पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत झापाबाट चोरी कसुरमा ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल थापा, दिपक सिंहसहित सात जना रिहा
-
धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा
-
राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’
-
जावलाखेल टू बुङ्मति : १० वर्षपछि रातो मच्छिन्द्रनाथलाई यसरी गरियो विराजमान (तस्बिरहरू)
-
डोटीमा अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता सुरू
-
आन्दोलनको ४ दिनमा सरकार–राजावादीबिच तनाव बढ्यो