भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
बिहीबार, २१ जेठ २०८३, २१ : ३८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण र त्यहाँ प्राप्त सम्मानबारे टिप्पणी गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले भारतीय नेतृत्वले लामिछानेलाई निमन्त्रणा दिएर दिल्ली बोलाउनुका पछाडि दुई वटा मुख्य उद्देश्य हुन सक्ने बताए।
उनका अनुसार पहिलो उद्देश्य नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयमा रास्वपा तथा सरकारको समर्थन हासिल गर्नु हुन सक्छ । दोस्रो उद्देश्य कालापानी, लिम्पियाधुरा र लिपुलेक सम्बन्धी नेपाल–भारत सीमा विवादमा नेपाललाई भारतको पक्षमा सहमत गराउने प्रयास हुन सक्ने उनको भनाइ छ।
सिंहले यी विषयमा रास्वपा र प्रधानमन्त्री बालेन शाहको भूमिका कस्तो रहने भन्ने विषय आगामी दिनमा स्पष्ट हुँदै जाने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण