बसर अल–असदले यूएईमा शरण लिएका हुन् ?
आइतबार, २३ मङ्सिर २०८१, १५ : ४४
दमस्कस । सिरियाली राष्ट्रपति बसर अल–असद देश छाडेर भागेको दाबी त्यहाँको विद्रोही गुटले गरिरहेको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले पनि असदले सिरिया छाडेको खबर छापिरहेका छन् । तर उनी कहाँ गए भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन ।
असद संयुक्त अरब इमिरेट्स (युएई)मा गएको र त्यहाँ उनले शरण मागेको हुन सक्ने अनुमानहरू आइरहेका छन् । तर युएईका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गरगशले भने असद युएईमा छन् कि छैनन् भन्ने कुरा आफूलाई थाहा नभएको बताएका छन् ।
बहराइनमा आयोजित मनामा डाइलगमा पत्रकारहरूसँग कुरा गर्दै असदले युएईमा शरण लिन सक्ने अनुमानमा गरगशसले टिप्पणी गर्न अस्वीकार गरेका थिए । सिरिया खतरामुक्त नभएको र त्यहाँ चरमपन्थीको खतरा कायमै रहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार