बसर अल–असदले यूएईमा शरण लिएका हुन् ?
आइतबार, २३ मङ्सिर २०८१, १५ : ४४
दमस्कस । सिरियाली राष्ट्रपति बसर अल–असद देश छाडेर भागेको दाबी त्यहाँको विद्रोही गुटले गरिरहेको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले पनि असदले सिरिया छाडेको खबर छापिरहेका छन् । तर उनी कहाँ गए भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन ।
असद संयुक्त अरब इमिरेट्स (युएई)मा गएको र त्यहाँ उनले शरण मागेको हुन सक्ने अनुमानहरू आइरहेका छन् । तर युएईका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गरगशले भने असद युएईमा छन् कि छैनन् भन्ने कुरा आफूलाई थाहा नभएको बताएका छन् ।
बहराइनमा आयोजित मनामा डाइलगमा पत्रकारहरूसँग कुरा गर्दै असदले युएईमा शरण लिन सक्ने अनुमानमा गरगशसले टिप्पणी गर्न अस्वीकार गरेका थिए । सिरिया खतरामुक्त नभएको र त्यहाँ चरमपन्थीको खतरा कायमै रहेको पनि उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण