ट्रमा सेन्टरमा छैन एमआरआई, बिरामी कहाँ जाने ?
काठमाडौँ– देशको एक मात्रै राष्ट्रिय ट्रमा सेन्टर सञ्चालनमा आएको ३ वर्ष भइसक्यो तर अहिलेसम्म पनि यस सेन्टरले नागरिकलाई पूर्ण रूपमा सेवा दिन सकेको छैन ।
भारत सरकारको लगानीमा निर्माण भएको ट्रमा सेन्टरले अति आवश्यक एमआरआई मेसिनसमेत अहिलेसम्म किन्न सकेको छैन ।
ट्रमामा आउने बिरामीहरू धेरैजसो दुर्घटनामा परेका हुन्छन् । धेरै चोटपटक लागेका बिरामीलाई एमआरआई गर्नुपर्ने हुन्छ । तर त्यसरी आउने बिरामीको एमआरआई गर्न वीरमा लैजानुको विकल्प नभएको ट्रमाका निर्देशक प्रोफेसर डाक्टर प्रमोदकुमार उपाध्याय बताउँछन् ।
रातोपाटीसँग कुरा गर्दै निर्देशक उपाध्यायले भने ‘एमआरआई मेसिन ट्रमाले किन्न सकेको छैन्, मेसिन नहुँदा वीर अस्पतालको एमआरआई मेसिनको भरपर्दै आइरहेका छौं । वीरकै बिरामी धेरै भएको बेलामा लाइनमा बस्नुपर्छ तत्काल काम हुँदैन । वीरमा भीड हुँदा अन्य अस्पतालमा जानुपर्छ ।’
यो समस्याका अलवा पनि निरन्तर सेवामा लागिरहेको ट्रमा सेन्टरका अधिकारीहरूको दाबी छ । ट्रमामा १० वटा आईसीयू बेड छन्, त्यो पनि बिरामी अनुसार कम भएको छ । निर्देशक भन्छन्– ‘एक दिनमा आईसीयूको ३ हजार शुल्क लिने गरेका छौं, विपन्न नागरिक छ भने निःशुल्क नै हुन्छ । आईसीयूको सङ्ख्या बढाउन सकेको खण्डमा अझ धेरै विपन्न वर्गले सेवा पाउन सक्ने थिए ।’
ट्रमा सेन्टरमा अहिलेसम्म एउटा मात्रै एम्बुलेन्स छ, त्यो पनि भारत सरकारले दिएको । एम्बुलेन्सको सङ्ख्या पनि बढाउनुपर्ने उपाध्यायले बताए ।
विपन्नका नाममा सम्पन्न आउँछन्
एक मात्र राष्ट्रिय ट्रमा सेन्टरको सामाजिक एकाई शाखाबाट विपन्नको नाममा निःशुल्क सेवा लिनेमा सम्पन्न नागरिक नै अगाडि रहेको पाइएको छ । सेन्टरका समाजिक एकाईका शाखा अधिकृत अर्जुनप्रसाद भेटवालका अनुसार सरकारले गरिब परिचयपत्र जारी नगर्दा निःशुल्क सेवा लिनेमा आर्थिक अवस्था राम्रो भएका व्यक्तिहरू नै अगाडि रहेको बताए । उनका अनुसार २० प्रतिशत टाठाबाठा र धनी वर्ग नै सहुलियत सेवा लिने छन् ।
सेवा विपन्न नागरिक लक्षित भए पनि भनसुन, दबाबबाट पनि निःशुल्क सेवा लिन आउने गरेको उनको अनुभव छ ।
ट्रमा सेन्टरबाट हालसम्म ४ लाख ३५ हजार ५ सय १४ जना बिरामीले सेवा लिएका छन् ।
वि.सं. २०७२ सालको भूकम्पको समयमा सञ्चालन गरिएको ट्रमा सेन्टरमा ३ वर्षमा यति धेरै सेवा लिएको सेन्टरका एकाई शाखा प्रमुख भेट्वालले बताए । आर्थिक वर्ष ०७१÷०७२ मा ६४ हजार ५ सय ४८, आ.व. ०७२/०७३ मा १ लाख ७२ हजार १ सय ८५ र आ.व. ०७३÷०७४ मा १ लाख ९८ हजार ७ सय ८१ जनाले सेवा लिएका छन् ।
वि.सं. २०७४ को साउन १ गतेदेखि चैत ३० गतेसम्ममा हेड इन्जुरी र स्पाइनल इन्जुरीको १ सय ७६ जनाले निःशुल्क उपचार गराएका छन् । हेड इन्जुरीमा ४३ जना र स्पाइनल इन्जुरीमा १ सय ३३ जना रहेका छन् । यी व्यक्तिका लागि सरकारको तर्फबाट ७७ लाख ७९ हजार ३ सय ९५ रुपियाँ खर्च गरेका थियो । विपन्न नागरिकको लागि सरकारले विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत सेवा दिँदै आइरहेको छ । बिरामीले एक लाख शुल्क बराबरको सेवा लिँदै आइरहेका छन् ।
सेवामा बिरामीले पूर्ण शुल्क छुट, ७५ प्रतिशत छुट, ५० प्रतिशत छुट र २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । बिरामीको आर्थिक अवस्था हेरेर अस्पतालले छुट प्रदान गर्दै आएको समाजिक एकाई शाखाका प्रमुख अर्जुनप्रसाद भेटवालले रातोपाटीलाई बताए ।
भेटवालका अनुसार सामाजिक एकाई शाखाबाट सेवा पाउनेमा सबैभन्दा बढी विपन्न नागरिक रहेको छन् ।
ट्रमा सेन्टरमा आ.व. २०७४/०७५ मा १६ जना जनआन्दोलन तथा द्वन्द्वका घाइतेहरूले उपचार गराएका थिए । जसमा ३ जना महिला र बाँकी पुरुष रहेका छन् ।
५८ जना चिकित्सक र १३७ जना नर्स रहेका छन् । २ सय बेडको यस अस्पतालमा इमर्जेन्सीमा ३२ र आईसीयूमा ११ बेड राखिएको छ ।
पैसा नभएर उपचार रोकिन्न
विश्वमा प्रत्येक दिन १६ हजारभन्दा बढी मान्छेको मृत्यु ट्रमाको कारणले हुन्छ । वार्षिक ५.५ मिलियन मृत्यु हुने गरेको छ ।
ट्रमा सेन्टरका निर्देशक प्रोफेसर डाक्टर प्रमोदकुमार उपाध्याय भन्छन्– अन्य अस्पताल र ट्रमा सेन्टर सञ्चालनमा निकै फरक छ । ‘ट्रमाको बिरामी मल्टिपल इन्जुरी अर्थात चारैतिर चोट लाग्ने बिरामी भएका हुन्छन्, जसको उपचारका लागि हरेक कुरा विशेष नै हुनुपर्छ । ट्रमाको म्यानेजमेन्ट अरू अस्पातको म्याजेनमेन्टभन्दा फरक हुनुपर्ने हुन्छ’, निर्देशक भन्छन् ।
ट्रमामा बिरामीको उपचार समयमा हुन सकेको खण्डमा बिरामीको जीवन मात्रै बचाउने भन्दा पनि अपाङ्ग हुनबाट पनि रोक्ने सकिने निर्देशक उपाध्याय बताउँछन् । उपाध्याय भन्छन्, ‘ट्रमालाई क्लास १, क्लास २ गरिँदै विभाजन गरिएको हुन्छ । हाम्रो ट्रमा क्लास १ को नजिक पुगेको छ तर अझै केही सामान थप्न बाँकी नै रहेको छ ।’
निर्देशक उपाध्यायका अनुसार ‘ट्रमा सञ्चालन गर्दा कुनै बिरामीले पैसाको अभावमा उपचाबाट वञ्चित हुनु नपरोस् भन्ने सरकारको उद्देश्य हो । अहिलेसम्म फर्कनु परेको पनि छैन् ।’ आर्थिक अवस्था सम्पन्न भएका व्यक्ति पनि ट्रमा अथवा दुर्घटना भएको समयमा पैसा नहुन सक्छ तर ट्रमा सेन्टरमा पैसाभन्दा पनि उपचार पहिलो हो । हामीले बिरामीको मर्म बुझेर उपचार गरिरहेका छौं ।’
रोगबाट भन्दा धेरै ट्रमाबाट मृत्यु हुन्छ
नेपालकै कुरा गर्ने हो भने पनि शरीरमा लाग्ने अन्य रोग भन्दा ट्रमाको कारण मुत्यु हुनेको सङ्ख्या धेरै रहेको निर्देशक उपाध्यायले बताए । ट्रमालाई ३ वटा कुरामा फोकस गर्न थालेको निर्देशकले बताए । प्रि–हस्पिटल, अस्पतालमा प्रभावकारी सेवा र रिह्याबिटेसनलाई प्राथमिकता दिन सके ट्रमाका धेरै बिरामीलाई बचाउन सकिने अस्पतालको उद्देश्य छ ।
दुर्घटनामा बढीजसो पैदलयात्री, मोटरसाइकल चालक, कारचालक ट्रमामा आउने गरेका छन् । ट्रमाका बिरामी सङ्ख्या घटाउनका लागि युवा उमेरका व्यक्तिलाई सचेत गुराउनु पर्ने, रोड ट्राफिक र रोड सेफ्टीका बारेमा सकड विभाग, ट्राफिक र स्वास्थ्य क्षेत्रले संयुक्त रूपमा अभियान सञ्चालन गर्न जरुरी रहेको निर्देशक बताउँछन् ।
नेपालमा अकालमा मुत्यु हुनेको सङ्ख्या १० हजार छ । त्यसमध्ये १६ प्रतिशत ट्रमाकै कारणले भृत्यु हुने गरेको निर्देशक उपाध्यायले बताए । ‘अहिलेसम्म हामी ट्रमा सञ्चालन गर्ने कुरामा मात्रै अडिएका छौं । अब भने छिटो, छरितो सेवा दिनेमा लाग्नुपर्ने उनको बुझाइ छ ।
ट्रमामा आपतकालीन अवस्थामा ५० जनाको उपचार गर्ने गरी समान तयारी अवस्थामा राख्दै आइरहेका छ ।
एम्बुलेन्समा पनि उपचार सेवा चाहिन्छ
निर्देशक भन्छन्, ट्रमामा भएका एक प्रकारका बिरामी अस्पताल नै पुग्न पाउँदैनन् । दोस्रो भनेको ट्रमा भएका बिरामीलाई ६ घण्टामा केही उपचार पाएको खण्डमा उनीहरू बाँच्न सक्छन् । त्यस्तो बिरामीलाई ट्रमा सेन्टरको जरुरी हुन्छ ।’ त्यस्ता व्यक्तिलाई अस्पताल लाने समयमा एम्बुलेन्समा पनि उपचार सेवाको व्यवस्था हुन जरुरी छ । हाल सञ्चालन भइरहेको एम्बुलेन्सले बिरामी ओसार्ने काम मात्रै गरिरहेको भन्दै उपाध्यायले भने बाटोमा पनि उपचार गर्ने व्यक्ति र साधन हुन जरुरी छ । यसले गर्दा ट्रमा भएका धेरै व्यक्तिहरूलाई अकाल मृत्युबाट बचाउन सकिन्छ ।’
यस्तै निर्देशक उपाध्याय भन्छन्, अन्य देशमा दुर्घटना भएको खण्डमा एम्बुलेन्स पुग्नुपर्ने कानुनी प्रावधान नै रहेको छ तर हाम्रो नेपालको कुरा गर्ने हो भने भौगोलिक विकटताले गर्दा पनि दुर्घटना भएको ठाउँमा तत्काल उद्धार हुन सकिरहेको छैन ।’
ट्रमा भएको बिरामीको समयमा उद्धार र उपचार गर्ने हो भने ७ वटै प्रदेशमा ट्रमा सेन्टर सञ्चालन गर्न जरुरी रहेको उपाध्यायको भनाइ छ । उनी थप्छन्– तत्कालको लागि कुरा गर्ने हो भने ट्रमा सेन्टरको सेवा ठीकै हो, अझ सुधारका धेरै काम बाँकी छन् ।’ छिटो, छरितो र गुणस्तरीय सेवामा पुग्न अझै सकेका छैनौँ ।’ समस्या आफ्नो ठाउँमा छ तर बिरामीको सेवामा हामीले कुनै कमी हुन दिएका छैनौँ । एउटा सिस्टममा ट्रमा सञ्चालन भइसकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण