पाँच महिनामा १८ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात
सोमबार, ०८ पुस २०८१, १० : ५०
काठमाडौँ । नेपालमा पाँच महिनाको अवधिमा १८ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार १८ अर्ब ७२ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ६१ हजार मेट्रिक टन खाद्यान्न आयात भएको हो ।
यो समयावधिमा नेपालबाट १ करोड १२ लाख रुपैयाँको खाद्यान्न निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यो कारोबारबाट सरकारले १ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
भारत, चीन लगायत विभिन्न मुलुकबाट धान, चामल, गहुँ, मकै लगायत विभिन्न खाद्यान्न आयात हुने गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण