पाँच महिनामा १८ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात
सोमबार, ०८ पुस २०८१, १० : ५०

काठमाडौँ । नेपालमा पाँच महिनाको अवधिमा १८ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार १८ अर्ब ७२ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ६१ हजार मेट्रिक टन खाद्यान्न आयात भएको हो ।
यो समयावधिमा नेपालबाट १ करोड १२ लाख रुपैयाँको खाद्यान्न निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यो कारोबारबाट सरकारले १ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
भारत, चीन लगायत विभिन्न मुलुकबाट धान, चामल, गहुँ, मकै लगायत विभिन्न खाद्यान्न आयात हुने गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता