सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई बेलायती विश्वविद्यालयको अवार्ड
काठमाडौँ । सीमाविद् बुद्धिनारायण श्रेष्ठ बेलायती विश्वविद्यालयको अवार्डबाट सम्मानित भएका छन् । बेलायतको डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गर्ने निर्णय गरेको हो ।
श्रेष्ठले दक्षिण एसियाको पहाडी विवादित भू–भागमा रहेको सिमानाको व्याख्या र उजागर गर्न समर्पित जीवनचर्या निर्माण गर्दै सर्वेक्षणको आफ्नो पृष्ठभूमि प्रयोग गरेको भन्दै सम्मान गर्ने निर्णय गरिएको हो ।
श्रेष्ठ २०४४ देखि २०४९ सालसम्म नापी विभागका महानिर्देशक थिए । त्यसपछि श्रेष्ठले ‘बोर्डर म्यान अफ नेपाल’को रूपमा दोस्रो जीवनचर्या सुरु गरेको विश्वविद्यालयले उल्लेख गरेको छ । सीमा व्यवस्थापन र सीमाक्षेत्र पुनर्प्राप्तिको कानुनी मुद्दाहरूमा आफूलाई अध्ययन गरेपछि श्रेष्ठले सीमा अध्ययनका व्यापक मुद्दाहरूप्रति नापीसम्बन्धी अनुभवको प्रयोग गरेका थिए ।
सीमांकनमा विशेषज्ञ बन्न ऐतिहासिक सन्धि र मानचित्रको जटिलताहरू र समकालीन विवाद समाधानका लागि तिनीहरूको प्रभावबारे सरकारलाई सल्लाह दिन १४ वटा पुस्तकहरू प्रकाशित गरेको समेत वेबसाइटमा उल्लेख गरिएको छ ।
माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ । माइलफस्की अवार्ड प्रदान गर्न अमेरिकी विदेश विभागमा लामो समय सीमा विशेषज्ञ रहेका रेमण्ड माइलफस्कीको सम्पत्तिको वसियत उक्त पुरस्कार दिइने गरिएको छ । पुरस्कारमा ७४५ पाउन्ड स्टर्लिङ नगद राशि रहेको विश्वविद्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण