सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई बेलायती विश्वविद्यालयको अवार्ड

काठमाडौँ । सीमाविद् बुद्धिनारायण श्रेष्ठ बेलायती विश्वविद्यालयको अवार्डबाट सम्मानित भएका छन् । बेलायतको डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गर्ने निर्णय गरेको हो ।
श्रेष्ठले दक्षिण एसियाको पहाडी विवादित भू–भागमा रहेको सिमानाको व्याख्या र उजागर गर्न समर्पित जीवनचर्या निर्माण गर्दै सर्वेक्षणको आफ्नो पृष्ठभूमि प्रयोग गरेको भन्दै सम्मान गर्ने निर्णय गरिएको हो ।
श्रेष्ठ २०४४ देखि २०४९ सालसम्म नापी विभागका महानिर्देशक थिए । त्यसपछि श्रेष्ठले ‘बोर्डर म्यान अफ नेपाल’को रूपमा दोस्रो जीवनचर्या सुरु गरेको विश्वविद्यालयले उल्लेख गरेको छ । सीमा व्यवस्थापन र सीमाक्षेत्र पुनर्प्राप्तिको कानुनी मुद्दाहरूमा आफूलाई अध्ययन गरेपछि श्रेष्ठले सीमा अध्ययनका व्यापक मुद्दाहरूप्रति नापीसम्बन्धी अनुभवको प्रयोग गरेका थिए ।
सीमांकनमा विशेषज्ञ बन्न ऐतिहासिक सन्धि र मानचित्रको जटिलताहरू र समकालीन विवाद समाधानका लागि तिनीहरूको प्रभावबारे सरकारलाई सल्लाह दिन १४ वटा पुस्तकहरू प्रकाशित गरेको समेत वेबसाइटमा उल्लेख गरिएको छ ।
माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ । माइलफस्की अवार्ड प्रदान गर्न अमेरिकी विदेश विभागमा लामो समय सीमा विशेषज्ञ रहेका रेमण्ड माइलफस्कीको सम्पत्तिको वसियत उक्त पुरस्कार दिइने गरिएको छ । पुरस्कारमा ७४५ पाउन्ड स्टर्लिङ नगद राशि रहेको विश्वविद्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस
-
नेदरल्यान्ड्सले नेपाललाई जितका लागि दियो १ सय ७५ रनको लक्ष्य
-
पहिरोले अरनिको राजमार्ग बन्द
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !
-
एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी