अन्तरिक्षमा भेटियो पृथ्वीको भन्दा १४० खर्ब गुणा ठुलो जलाशय
बुधबार, १० पुस २०८१, १६ : ००
न्यूयोर्क । अन्तरिक्षमा एउटा विशाल जलाशय फेला परेको छ । यसको आकार पृथ्वीमा रहेका महासागरहरू भन्दा १४० खर्ब गुणा ठुलो भएको बताइएको छ । यो जलाशय सुपरम्यासिभ ब्ल्याक होलको नजिक छ ।
यो ब्ल्याक होल हाम्रो सूर्यभन्दा करिब २० अर्ब गुणा ठुलो भएको बताइएको छ । क्यालिफोर्नियाको पासाडेनामा रहेको नासाको जेट प्रोपल्सन प्रयोगशालाको टोलीले यो रहस्य पत्ता लगाएको हो ।
के भन्छन् वैज्ञानिकहरू ?
वैज्ञानिकहरूका अनुसार यो जलाशय ब्रह्माण्डमा १२ अर्ब प्रकाश वर्षको दुरीमा छ । यो जलाशय ब्रह्माण्डको उद्गम भएको केही समय पछिदेखि नै यहाँ रहेको अनुमान गरिएको छ । यसको वरिपरि एक खगोलीय पिन्ड (क्वासर) छ ।
यो पिन्डले हजारौँ ट्रिलियन सूर्यको बराबर ऊर्जा निकाल्छ । खगोलविद्हरूका अनुसार यो ब्रह्माण्डमा अहिलेसम्म पहिचान गरिएको सबैभन्दा दुर्गम र सबैभन्दा ठुलो पानीको भण्डारको घर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण