काठमाडौँ र झापामा चोरी
बिहीबार, १८ पुस २०८१, ११ : ५९

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-११ मा बुधबार दिउँसो चोरी भएको छ ।
महादेवटार हाइट डेरा गरी बस्ने लम्जुङ मर्स्याङ्दी गाउँपालिका-१ घर भएका श्याम कुमार बिकको कोठामा चोरी भएको हो । प्रहरीका अनुसार सुनका विभिन्न गरगहना र ल्यापटप १ थान गरी करिब २ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
उता, झापाको मेचीनगर नगरपालिका-९ कमल चोक बस्ने मुकुन्द पराजुलीको घरमा पनि बुधबार दिउँसो नै चोरी भएको छ । कासको थाल ७ थान, सुन ५ तोला र नगद १० हजार रुपैयाँ गरी करिब ७ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।