काठमाडौँ र झापामा चोरी
बिहीबार, १८ पुस २०८१, ११ : ५९
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-११ मा बुधबार दिउँसो चोरी भएको छ ।
महादेवटार हाइट डेरा गरी बस्ने लम्जुङ मर्स्याङ्दी गाउँपालिका-१ घर भएका श्याम कुमार बिकको कोठामा चोरी भएको हो । प्रहरीका अनुसार सुनका विभिन्न गरगहना र ल्यापटप १ थान गरी करिब २ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
उता, झापाको मेचीनगर नगरपालिका-९ कमल चोक बस्ने मुकुन्द पराजुलीको घरमा पनि बुधबार दिउँसो नै चोरी भएको छ । कासको थाल ७ थान, सुन ५ तोला र नगद १० हजार रुपैयाँ गरी करिब ७ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण