जब बुमराहले बिचैमा मैदान छाडे
सिड्नी । अस्ट्रेलिया र भारतबिच सिड्नीमा भइरहेको पाँचौँ टेस्ट म्याचको बिचमा भारतीय फास्ट बलर जसप्रित बुमराह स्टेडियमबाट बाहिरिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय कप्तान जसप्रित बुमराहलाई स्क्यानिङका लागि स्टेडियमबाट बाहिर निकालिएको हो ।
उनको अनुपस्थितिमा विराट कोहलीले टोलीको नेतृत्व गरेका थिए । सामाजिक सञ्जालमा यस्ता भिडियोहरू पनि बाहिर आएका छन् जसमा उनी कारमा बसेर बाहिर निस्किरहेको देखिन्छ । जसप्रित बुमराहले स्टेडियम छोडेको बारे आईसीसीले आफ्नो एक्स ह्यान्डलमा पनि लेखेको छ ।
खाजापछिको दोस्रो सत्रमा भारतीय बलरले एक ओभर मात्रै बलिङ गरेपछि मैदान छाडेका थिए । यसअघि चोटको डर थियो र उनको बलिङको गति पनि सुस्त थियो ।
अस्ट्रेलियाले पहिलो इनिङ्समा भारतले दिएको १८५ रनको विरुद्धमा १८१ रन बनाएको छ । यसरी भारतले अस्ट्रेलियामाथि चार रनको अग्रता लिएको छ ।
अस्ट्रेलियाका लागि वेबस्टरले सर्वाधिक ५७ रन बनाए भने स्टिभ स्मिथले ३३ रन बनाए । अस्ट्रेलियाका पाँच ब्याट्सम्यान बाहेक कसैले दोहोरो अङ्क छुन सकेनन् । भारतका लागि मोहम्मद सिराज र प्रसिद्ध कृष्णले तीन–तीन विकेट लिए भने जसप्रित बुमराह र नितिश कुमार रेड्डीले दुई–दुई विकेट लिए ।
अस्ट्रेलियासँगको पाँच खेलको सिरिजमा भारत १–२ ले पछि परेको छ । मेलबर्नमा भएको चौथो टेस्ट म्याचमा भारतका अनुभवी ब्याट्सम्यानहरू सस्तोमा आउट भएका कारण भारतीय टोलीको निकै आलोचना भएको थियो ।
यसपछि तीन खेलमा कप्तानी गरेका रोहित शर्माले सिड्नी टेस्टका लागि आफ्नो नाम फिर्ता लिए र उनको स्थानमा जसप्रित बुमराहलाई कप्तान बनाइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
-
कलाकारको नाम र स्टारडमले मात्र फिल्म चन्दैन : गौरी मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण