सवारी दुर्घटनामा तीन जनाको मृत्यु
बिहीबार, २५ पुस २०८१, १२ : ४५
काठमाडौँ । सिन्धुली, महोत्तरी, र रङमा भएका छुट्टाछुट्टै दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- सिन्धुली, कमलामाई नगरपालिका-८ माथिल्लो सिस्नेरीस्थित सडकमा ज.१ ह ४१३१ नम्बरको अटो अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने ३४ वर्षीय हरी माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
- महोत्तरी, गौशाला नगरपालिका-२ स्थित उखु खेतमा ना.४ त ७९०९ नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका-४ रजखोर बस्ने २३ वर्षीया कञ्चन कुमारी महतोको छोरा ४ वर्षीय शिवम् महतोको बुधबार दिउँसो मृत्यु भएको छ । खेतमा उखु लोड गर्न आएको उक्त ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- मोरङ, बेलबारी नगरपालिका-१० चाँदनी चोकस्थित सडकमा चाँदनी चोकबाट बुधबारेतर्फ जाँदै गरेको बेलबारी नगरपालिका १०४/२०८१/८२ नम्बरको सिटीसफारी अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटना हुँदा सिटीसफारीमा सवार सोही नगरपालिका-१० बस्ने ५० वर्षीया मायादेवी राजवंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटीसफारी चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण