सवारी दुर्घटनामा तीन जनाको मृत्यु
बिहीबार, २५ पुस २०८१, १२ : ४५

काठमाडौँ । सिन्धुली, महोत्तरी, र रङमा भएका छुट्टाछुट्टै दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- सिन्धुली, कमलामाई नगरपालिका-८ माथिल्लो सिस्नेरीस्थित सडकमा ज.१ ह ४१३१ नम्बरको अटो अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने ३४ वर्षीय हरी माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
- महोत्तरी, गौशाला नगरपालिका-२ स्थित उखु खेतमा ना.४ त ७९०९ नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका-४ रजखोर बस्ने २३ वर्षीया कञ्चन कुमारी महतोको छोरा ४ वर्षीय शिवम् महतोको बुधबार दिउँसो मृत्यु भएको छ । खेतमा उखु लोड गर्न आएको उक्त ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- मोरङ, बेलबारी नगरपालिका-१० चाँदनी चोकस्थित सडकमा चाँदनी चोकबाट बुधबारेतर्फ जाँदै गरेको बेलबारी नगरपालिका १०४/२०८१/८२ नम्बरको सिटीसफारी अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटना हुँदा सिटीसफारीमा सवार सोही नगरपालिका-१० बस्ने ५० वर्षीया मायादेवी राजवंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटीसफारी चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको ‘राइड सेयरिङ’को विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायी
-
मुख्यमन्त्री शाहद्वारा क्रिकेट टोलीकाे बिदाइ
-
कमल थापा, दिपक सिंहसहित सात जना रिहा
-
धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा
-
राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’
-
जावलाखेल टू बुङ्मति : १० वर्षपछि रातो मच्छिन्द्रनाथलाई यसरी गरियो विराजमान (तस्बिरहरू)