निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुन्छ : मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताएकी छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने जानकारी दिएकी हुन् ।
मन्त्री भट्टराईले केही दिनअघि सरकारले जारी गरेको अध्यादेशमा निवृत्तिभरण ऐनको बारेमा पनि उल्लेख भएको बताउँदै निवृत्तिभरण कोषमा शिक्षक सेवा समावेश कहिले भन्ने प्रश्न रहेको बताइन् । सोही बारेमा सोमबारको मन्त्रिपरिषद् बैठकमा आफूले कुरा राखेको र छलफलमा ऐन बनेपछि (२०८१) बाट मात्रै निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुने स्पष्ट भएको बताइन् ।
उनले भने, ‘निवृत्तिभरण ऐनको बारेमा जुन अध्यादेशमा आयो, त्यसमा शिक्षक सेवा पनि समावेश हुने निवृत्तिभरण ऐन कोषमा भन्ने आयो । त्यसमा शिक्षकहरूमा केही कन्फ्युजन थियो । कहिलेबाट भनेर । मैले आज मन्त्रिपरिषद्मा यो विषय प्रवेश गराएँ । त्यहाँ जबबाट ऐन बन्यो त्यहिलेदेखि नै होला । २०८१ सालबाट मात्रै उहाँहरू त्यसमा समावेश हुनुहुन्छ ।’
मन्त्री भट्टराईले २०२१ सम्मका शिक्षकहरू भने पेन्सनकै प्रावधानमा रहने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड