नागरिकलाई चिसोबाट बचाउन न्यानो सिरक र दाउरा वितरण
रौतहट । पछिल्लो केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोबाट नगरवासीलाई बचाउन गरुडा नगरपालिकाले कम्बलसँगै दाउरा बितरण गरेको छ।
मेयर कन्थमणि जैसवालको पहलमा चिसोले प्रभावित हुनबाट जोगाउन गरिब तथा विपन्न परिवारका लागि कम्बल र दाउरा वितरणलाई निरन्तरता दिइरहेको हो।
अहिले बिहानदेखि शीत परिरहेको छ । यस कठ्याङ्ग्रिँदो चिसोले नगरवासीलाई गम्भीर रूपमा प्रभावित गर्न सक्ने भएकाले सबैलाई सावधान रहन, न्यानोमा बस्न, र आवश्यक सावधानी अपनाउन मेयर जैसवालले अनुरोध गरेका छन्।
गरुडाको सबै वडामा अति विपन्न, गरिब, दलित, र ज्येष्ठ नागरिक परिवारका १५ सय भन्दा बढी व्यक्तिहरूलाई कम्बल वितरण गरिसकेको उनले जानकारी दिए।
त्यस्तै गरुडा नगरपालिकाको हालसम्म वडा ८ जिङ्गडिया, वड ९ रघुनाथपुर, वडा ७ भिमडावर, र वडा ४ गरुडाका प्रभावित क्षेत्रहरूमा आगो ताप्नका लागि दाउरा पठाईएको मेयर कन्थमणि जैसवालले जानकारी दिएका छन्।
'हाम्रो प्रयास नगरवासीको जीवन सहज बनाउन हो, र यो अभियानलाई अझ प्रभावकारी बनाउँदै, बाँकी रहेका क्षेत्रमा दाउरा र कम्बल वितरण कार्यलाई निरन्तरता दिइरहेका छौं' उनले भने ।
पछिल्लो एकसाता भन्दा बढी समय देखि अत्यधिक चिसोको कारण रौतहटसँगै सिङ्गो मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा हराउँदै गिद्ध : संरक्षणका लागि विद्यालयस्तरमा सचेतना
-
श्रीलङ्कामा पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ
-
राष्ट्रिय धान दिवसमा ७५ लाख लिटर दही खपत हुने अनुमान
-
महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
-
नेपाली फुटबल निलम्बनमा पर्नु एन्फा पदाधिकारीकै गैरजिम्मेवारीपन : सदस्यसचिव मेहता
-
मानव–वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण