राष्ट्रिय धान दिवसमा ७५ लाख लिटर दही खपत हुने अनुमान
काठमाडौँ। नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा ७५ लाख लिटर दही खपत हुने अनुमान गरेको छ ।
बिहीबार काठमाडौँमा दही चिउरा प्रवर्द्धन कार्यक्रमको आयोजना गर्दै एसोसिएसनले असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा ७५ लाख लिटर दही खपत हुने र यसबाट करिब एक अर्ब बराबरको कारोबार हुने अनुमान गरिएको जनाएको हो ।
कार्यक्रममा डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले असार १५ जस्ता मौलिक पर्वहरूले नेपाली कृषि संस्कृति र स्वदेशी उत्पादन बिचको अन्तरसम्बन्धलाई अझ बलियो बनाउने अवसर प्रदान गर्ने बताए ।
उनले स्वदेशी दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादन, उपभोग र प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकतालाई एसोसिएसनले निरन्तर उठाइरहेको समेत बताए ।
अध्यक्ष दाहालले किसानले उत्पादन गरेको दुधको उचित मूल्य, समयसँगै भुक्तानी तथा दुग्ध उद्योगको दिगो विकास सुनिश्चित गर्न सम्बन्धित सबै निकायबिच समन्वय र सहकार्यको अझ बढी आवश्यकता रहेको धारणा राखे । नेपाली समाजमा हरेक वर्ष असार १५ गते दही चिउरा खाने प्रचलन रहँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण