गोलबजार नगरपालिकाद्वारा साढे ७५ करोडको बजेट प्रस्ताव
सारांश
- गोलबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ५६ लाख ८६ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।
- चालुतर्फ ५६ करोड २१ लाख ८६ हजार र पूँजीगततर्फ १९ करोड ३५ लाख रुपैयाँको विनियोजित बजेट प्रस्ताव प्रस्तुत गरिएको छ।
- नगरप्रमुखले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिने बताएका छन्।
सिरहा । सिरहाको गोलबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ५६ लाख ८६ हजार रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेको छ।
बुधबार सम्पन्न १५ औँ नगर अधिवेशनमा नगर उपप्रमुख मानती कुमारी साहले चालुतर्फ ५६ करोड २१ लाख ८६ हजार र पूँजीगततर्फ १९ करोड ३५ लाख रुपैयाँको विनियोजित बजेट प्रस्ताव प्रस्तुत गरेकी हुन्।
यो बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र गत आर्थिक वर्षको मौज्दातसहित विभिन्न स्रोतबाट आवश्यक वित्तीय व्यवस्थापन गरिने बजेटमा उल्लेख छ।
नगर अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख श्यामकुमार श्रेष्ठले अबको बजेटमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष जोड दिने बताए। उनले भने, ‘यो पटकको बजेटले विशेष गरेर शिक्षा, स्वास्थ्य र कृषिक्षेत्रलाई प्राथमिकतामा राखेर आउँछ। हामीले त्यहि अनुसारको निती, कार्यक्रम तथा बजेट विनियोजन हुने छ।’
नगर अधिवेशनका प्रमुख अतिथि शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै जनप्रतिनिधिहरूको मुख्य काम नीति तथा कार्यक्रम निर्माण गर्ने भएको बताए। त्यसको सफल कार्यान्वयन कर्मचारीले गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘जनप्रतिनिधीको मूख्य काम भनेकै नीति तथा कार्यक्रम बनाउने हो, यसको कार्यान्वयनको जिम्मा कर्मचारीको हो, अव कर्मचारीले तदारुक्ता र इमान्दारिताकासाथ काम गर्नु पर्छ।’
सोही क्रममा उनले प्रदेशको नयाँ नीति, कार्यक्रम र बजेटले जिल्लाको शिक्षा र धर्म सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने दाबी गरे। मन्त्री सिंहले थपे, ‘यो बजेटले सिरहाका सवै विद्यालय, मठ, मन्दिर, गुम्वा र मदरसाहरुमा कुनै न कुनै प्रकारले योगदान गर्ने छ। हामीले त्यहि अनुसार नीति, कार्यक्रम तथा बजेट विनियोजन गरेका छौं।’ उनले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने प्रदेशका आठवटै जिल्लाका ५–५ वटा विद्यालयहरूलाई अनुदानको प्रबन्ध गरेको जानकारी समेत दिए।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप लामाले स्वास्थ्यको क्षेत्रमा गोलबजार नगरपालिकाले विशेष काम गर्नुपर्नेमा जोड दिए। उनले गोलबजार नगरपालिकामा सरकारी स्तरको २४ घण्टा चल्ने अस्पताल नभएकाले यहाँका सर्वसाधारण जनताले सहज उपचार गर्न पाउने गरी एउटा अस्पताल बनाउनुपर्ने सुझाव दिए। नगर अधिवेशनमा विभिन्न दलीय प्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, कृषि र शुद्ध पिउने पानीको दिगो प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले सिँचाइ र पिउने पानीको नाममा नगर र वडाले वर्षेनी करोडौँ रुपैयाँ खर्च गरे पनि त्यसले उचित प्रतिफल दिन नसकेको भन्दै दिगो विकासका लागि पहल लिन आग्रह गरे।
नगर अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका बिरेन्द्र सिंह, नेपाली कांग्रेसका राजदेव साह (लालबाबु), नेकपा एमालेका राजकिश्वर महतो, नेपाली कम्युनिष्ट पार्टीका जीवन यादव, श्रम संस्कृति पार्टीका दिप लामा, राप्रपाका उद्धव अधिकारी, गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष विजय साह र स्थानीय व्यवसायी चन्द्रनारायण यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। मेयर श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत रुपनारायण खतिवडाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन वडा नम्बर ६ का वडाअध्यक्ष तथा नगरप्रवक्ता सञ्जित लामाले गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
-
‘म एउटा जीवित मूर्ति हुँ’ : डीआर कंगोका प्रसिद्ध फुटबल समर्थकले जोगाएको प्याट्रिस लुमुम्बाको विरासत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण