बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन

बिहीबार, ११ असार २०८३, १२ : ५०
बिहीबार, ११ असार २०८३

गोरखा । उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी (बीओपी) को संयुक्त टोलीले नेपाल–चीन सीमा स्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ ।

चुमनुब्री गाउँपालिका–१ साम्दोमा रहेको बिओपीका सशस्त्र प्रहरी, प्रहरी चौकी सामागाउँका नेपाल प्रहरी, जनप्रतिनिधि र अन्य स्थानीयवासीको संयुक्त टोलीले बुधबार रुइला नाका र त्यहाँ रहेको ३५ नम्बर सीमा स्तम्भ क्षेत्रको अवलोकन हो ।

प्रहरी निरीक्षक आकाश सूचीकारको नेतृत्वमा सामागाउँ प्रहरी चौकीका प्रहरी, वडा सदस्य पासाङ लामा, साम्दो, सामागाउँ र स्याला गाउँका स्थानीयवासीको टोलीले त्यस क्षेत्रको अनुगमन गरेको सशस्त्र प्रहरी गोरखा गुल्मका प्रमुख डिएसपी ढलप्रसाद काफ्लेले जानकारी दिए ।

उक्त टोलीले समयसमयमा त्यस क्षेत्रको निरीक्षण गरी शान्ति सुरक्षालगायत विषयमा जानकारी हासिल गर्दै आएको छ । साम्दोस्थित बिओपीले ग्याला नाका, रुइला नाका र लाजुन नाका क्षेत्रमा सुरक्षा गर्दै आएको छ । छेक्या र बाजु क्षेत्रमा लामो समयदेखि बिओपी स्थापना गर्ने भनिए पनि हालसम्म स्थापना हुन सकेको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप