प्रदेश सभा बैठक
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
बिहीबार, ११ असार २०८३, १४ : २४
सारांश
- प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीले बजेटमा कमजोरी भएको भन्दै कर्णाली प्रदेश सभा बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको छ ।
- नेकपाका नेता मंगलबहादुर शाहीले बजेटमा कमजोरी नै कमजोरी भएको र सत्तापक्षले बहुमतको आधारमा अघि बढाउन खोजेको आरोप लगाए ।
- सभामुख नन्दा गुरुङले सभा सञ्चालनका लागि सहयोग माग्दा पनि प्रतिपक्ष सांसदले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगित गरियो ।
सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीले संसद् अवरुद्ध गरेपछि प्रदेश सभा बैठक स्थगित भएको छ ।
बिहीबार बजेटको विषयगत मन्त्रालयमाथि छलफलका लागि बसेको बैठकमा सुरुमै नेकपाका नेता मंगलबहादुर शाहीले बजेटमाथि धारणा राखेका थिए । उनले यो बजेटमा कमजोरी नै कमजोरी भएको बताए ।
कमजोरी भएको बजेटलाई सत्तापक्षले बहुमतको आधारमा अघि बढाउन खोजेको उनको भनाइ थियो । लगत्तै प्रतिपक्ष सांसद उठेर अवरोध गरे । सभामुख नन्दा गुरुङले सभा सञ्चालनका लागि सहयोग माग्दा पनि नमानेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नतिजा छिटो निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलवाड भयो’
-
‘प्रदेश सभामा उठेका विषयहरू सम्बोधन नहुने हो भने छलफलको कुनै औचित्य छैन’
-
नाटोमाथि इरानले लगायाे यस्ताे आरोप
-
तत्कालीन निर्देशक भट्टराईको बयान- एकाधिकार तोड्न र लागत घटाउन ठेक्का दुई प्याकेजमा लगिएको हो
-
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार
-
इरान युद्ध अधिकारसम्बन्धी मतदानमा अमेरिकी सिनेट ट्रम्पकाे पक्षमा, अघिल्लो निर्णय उल्टियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण