अभ्यासका क्रममा ग्रिनेड विस्फोटः एक सैनिकको मृत्यु, सहसेनानी घाइते
धनगढी । कैलालीमा नेपाली सेनाको तालिमका क्रममा ग्रिनेड विष्फोट हुँदा एक जना सैनिकको ज्यान गएको छ भने एक अधिकृत घाइते भएका छन् ।
जिल्लाको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वनमा बिहीबार बिहान फायरिङ अभ्यास भइरहेका बेला आकस्मिक रूपमा ग्रिनेड विष्फोट भएको थियो । विष्फोटमा परी नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट बिहान ९ः१७ बजे टोली अभ्यासका लागि वन क्षेत्रमा पुगेको थियो । विष्फोटमा गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा दिउँसो १२ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
विष्फोटबाट उनको दाहिने हत्केला र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
सोही घटनामा सेनाका सहसेनानी हिमराज जोशीसमेत घाइते भएका छन् । विष्फोट हुँदा उछिट्टिएको छर्रा लागेर उनी घाइते भएका हुन् । जोशीको अवस्था हाल सामान्य रहेको र उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको डीएसपी तिमिल्सिनाले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
-
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण