आफ्नै छोरीलाई जबरजस्ती करणी गरी शिशु गाड्ने बाबु इलामको फिक्कलबाट पक्राउ
सारांश
- झापामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरी जन्माएको नवजात शिशुको शव गाडेर फरार भएका एक प्रतिवादीलाई प्रहरीले तीन महिनापछि इलामबाट पक्राउ गरेको छ।
- हाडनाता करणी र नवजात शिशु कर्तव्य ज्यान मुद्दाका ती प्रतिवादीलाई विशेष सुराकीको आधारमा इलामको सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कल बजारमा रहेको मन्त्र होटलबाट पक्राउ गरिएको हो।
- प्रहरीले अनुसन्धान गर्ने क्रममा पीडित छोरीले आफ्नै बुबाले आफूलाई जबरजस्ती करणी गरेको र बच्चा जन्मिएपछि बुबाकै सल्लाह बमोजिम शवलाई गाडेको प्रारम्भिक बयान दिएकी थिइन्।
झापा । झापामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरी जन्माएको नवजात शिशुको शव गाडेर फरार भएका एक प्रतिवादीलाई प्रहरीले तीन महिनापछि इलामबाट पक्राउ गरेको छ।
हाडनाता करणी र नवजात शिशु कर्तव्य ज्यान मुद्दाका ती प्रतिवादीलाई विशेष सुराकीको आधारमा इलामको सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कल बजारमा रहेको मन्त्र होटलबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार प्रतिवादीलाई उनकै पीडित छोरीसँग बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय इलामको समन्वयमा पक्राउ गरिएको हो। यो घटना गत वैशाख महिनामा बाहिर आएको थियो।
२०८३ वैशाख २ गते झापाको झिलझिलेस्थित खाली जमिनमा नवजात शिशु गाडेको अवस्थामा शव भेटिएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले अनुसन्धान गर्ने क्रममा पीडित छोरीले आफ्नै बुबाले आफूलाई जबरजस्ती करणी गरेको र बच्चा जन्मिएपछि बुबाकै सल्लाह बमोजिम शवलाई गाडेको प्रारम्भिक बयान दिएकी थिइन्।
सो घटनापछि वैशाख २ गते नवजात शिशु कर्तव्य ज्यान र वैशाख १० गते हाडनाता करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो।
वारदातपछि फरार रहेका प्रतिवादी सुरुमा रोल्पा जिल्लामा लुकीछिपी बसेको प्राविधिक अनुसन्धानबाट खुलेको थियो। रोल्पा प्रहरीसँग समन्वय गरी खोजतलास भइरहेकै बेला उनी त्यहाँबाट पनि भागेर विभिन्न ठाउँमा लुक्दै जेठ ३ गते इलाम आइपुगेका थिए।
पक्राउ परेका प्रतिवादीलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। पीडित छोरीलाई भने हाल संरक्षणका लागि आफन्त नेपाल काँकरभिट्टामा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘थ्याङ्क यू एन्फा’ भन्दै फुटबलकर्मीहरूको व्यङ्ग्यात्मक विराेध, तस्बिरहरू
-
भारतमा १३ अर्ब डलर थप लगानी गर्ने अमेजनको घोषणा
-
२० वर्ष पूरा भएपछि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
-
कच्चा तेल युद्धअघिकै मूल्यमा, किन सस्तिँदैन पेट्रोल र डिजेल ?
-
लागूऔषध कारोबारमा संलग्न एक हजार ३६ जना पक्राउ
-
निजी अस्पताल र बैंकमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण