बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा

बिहीबार, ११ असार २०८३, ०३ : ४१
बिहीबार, ११ असार २०८३

सारांश

  • प्रहरीले धनगढीका होटलमा अनैतिक गतिविधिमा संलग्न २४ जनालाई पक्राउ गरेको छ ।
  • नियन्त्रितहरूमा ११ महिला र १३ पुरुष छन्, जसमा सात भारतीय नागरिक पनि छन् ।
  • यस घटनाको अनुसन्धान प्रहरी हिरासतमा भइरहेको छ ।

कैलाली । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ ।

विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा ७ जना भारतीय नागरिक पुरुष रहेका छन् ।

नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप