एनभीएलमा सहभागी हुने फ्रेन्चाइज भलिबल टिमको नाम सार्वजनिक
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टिमको नाम सार्वजनिक गरिएको छ।
केडिया ग्रुप अन्तर्गतको नेपाल भलिबल लिगले बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै यसै वर्ष आयोजना हुने एनभीएलमा सहभागी हुने ६ फ्रेन्चाइज भलिबल टिमको नाम सार्वजनिक गरिएको हो ।
एनभीएलमा सगरमाथा शमशेर, मधेस वारियर्स, काठमाडौँ रेडर्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्सले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
६ टिम बाहेक सहभागी हुन इच्छुक २ वटा टिमका लागि आवेदन खुला राखिएको समेत नेपाल भलिबल लिगले जनाएको छ । त्रिपुरेश्वरस्थीत राखेप कवर्डहलमा आयोजना हुने लिगको मिति भने छिटै सार्वजनिक गरिने नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्ययले जानकारी दिए ।
समग्र नेपाली भलिबलको विकास र विस्तारका लागि उचाइको नयाँ उडानलाई नेपाल भलिबल लिगको नारा बनाइएको उनले बताए । उनले लिगले नेपाली भलिबलको स्तरलाई थप नयाँ उचाइमा पुराउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र बहादुर चन्दले सङ्घ नेपाली भलिबलको विकासमा निरन्तर रहेकाले प्रतियोगिताहरूलाई प्राथमिकतामा राख्ने बताए ।
उनले नियम कानुनको पालना गरेर प्रतियोगिता आयोजना गरे सङ्घ मध्यस्थकर्ता गर्न तयार रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा १३ अर्ब डलर थप लगानी गर्ने अमेजनको घोषणा
-
२० वर्ष पूरा भएपछि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
-
कच्चा तेल युद्धअघिकै मूल्यमा, किन सस्तिँदैन पेट्रोल र डिजेल ?
-
लागूऔषध कारोबारमा संलग्न एक हजार ३६ जना पक्राउ
-
निजी अस्पताल र बैंकमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी
-
'दुःखद् भयो, फिफालाई चिठी पठाउँछौँ, नेपालको फुटबल रोकेर रोक्न सकिँदैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण