'नो केबलकार समूह'द्वारा मेची राजमार्ग र तमोर करिडोर बन्द
मोरङ । ‘नो केबलकार समूह’ ले मंगलबार मेची राजमार्ग र तमोर करिडोर बन्द गराएका छन् । गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विषयलाई लिएर उनीहरूले राजमार्ग र करिडोर बन्द गराएका हुन् ।
आज बिहानैदेखि सडकमा निस्किएका बन्दकर्ताले मोटरसाइकल र अटोसमेत सञ्चालनमा रोक लगाएका छन् । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआलीसम्म पर्छ । यता तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म पर्छ । मूलघाट हुँदै धनकुटाको भेडेटार भएर धरान र चतरा जोडिन्छ ।
मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका संघसंस्थाले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने, घाइतेहरूको उपचार राज्यले गर्नुपर्ने, १२ गते पक्राउ परेका दुई जनालाई रिहा गर्नु पर्ने लगायतका माग राखेका छन् ।
प्रहरीले लक्ष्मण लिम्बू र चन्द्र सागर लिम्बूलाई १२ गते काफ्लेपाटीबाट नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण