पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसाे कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने छ ।आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।
काठमाडौँमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म